Media Network

जेलमुक्त भएपछि खुसी मुद्रामा हात हल्लाउँदै बाहिरिए पल शाह


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७९,सोमबार

दमौली।एक बर्षमा पछि  बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर जेलमुक्त हुँदै   अभिनेता पूर्णविक्रम शाह (पल शाह) खुसी मुद्रामा हात हल्लाउँदै बाहिरिएका छन् ।

हिजो उच्च अदालत पोखराले शाहलाई रिहा गर्ने फैसला गरेसंगै आज उनि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट  रिहा भएका हुन्।

 शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद