मुख्य निर्वाचन अधिकृत अनुसार १ सय ८ जना मतदान अधिकृत र १ सय ८ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाइएको हो । उनले ९९ मतदान केन्द्रमा ८ जना कर्मचारीका दरले ७ सय ९२ जना खटाइएको जानकारी दिए । यस्तै ७ वटा मतदान केन्द्रमा ७ जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा ७ जना खटाइएको उनको भनाइ छ ।
कार्यालयका अनुसार २ सय ५१ भन्दा तल मतदाता भएको स्थानमा ७ जना र २ सय ५१ भन्दा माथि मतदाता भएको स्थानमा ८ जनाका दरले कर्मचारी खटाइएको हो । कर्मचारीलाई तालिमसहित आवश्यक सामग्री हस्तान्तरण गरेर कार्यक्षेत्रमा पठाइएको हो ।