Media Network

झापा–३ मा सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देन निर्वाचित


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

झापा । झापाको निर्वाचन क्षेत्र ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् । सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरे ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद