Media Network

कालिकोटमा जीप दुर्घटना, २ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०८०,बिहीबार

काठमाडौं । कालिकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् । 

कालिकोटको रास्कोट नगरपालिका–२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । पार्क गरेर राखेको ग३च ४६१० नम्बरको वोलेरो जिप दुर्घटना हुँदा रास्कोट १ का ४३ वर्षीय मनबहादुर साही ३६ वर्षीया मन कुमारी शाहीको मृत्यु भएको हो ।

चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद