जोशीपुर गाउँपालिका-७ को हजारीबारामा सोमबार राति से१त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानियले जनाएका छन् ।
ट्याक्टरमा सवार भजनी नगरपालिका-९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको छ
उनीहरु दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको एक प्रहरीले बताए।
दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिकाकै १६ जनाको घोडाघोडी अस्पताल र १२ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले बताए । उनका अनुसार घाइतेहरु खतरामुक्त छन् ।
जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका-९ कुणीतर्फ फर्किंदै गर्दा उनीहरु ट्याक्टर दुर्घटनामा परेका हुन् ।
ट्याक्टर चालक भजनी नगरपालिका(९ कै सुरज चौधरी भने फरार छन् । उनको खोजी भइरहेको छ ।
दुर्घटनाको कारण भने खुुलेको छैन तर ओभरलोड र तीव्र गतिका कारण ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।