Media Network

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त


खबरस्टोरी संवाददाता

२० माघ २०७९,शुक्रबार

सुर्खेत । कर्णाली प्रदेश सरकारमा मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन् ।कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीका कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने मुख्य न्यायाधिवक्ता खड्कालाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परिवारले नियुक्त गरेका हुन् ।खड्कालाई मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनियताको शपथ ग्रहण पनि गराएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद