Media Network

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै


खबरस्टोरी संवाददाता

६ माघ २०७९,शुक्रबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन्। 

मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए। शर्माले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ।

आज विहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची सार्वजनिक गर्नेछ ।

हाल मुख्यमन्त्री शर्माले नै प्रदेश सरकारका आठ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।  यद्यपि १ विना विभागीय मन्त्रीको रुपमा विनोद कुमारशाह र मङ्गल शाही नियुक्त भएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद