Media Network

कोशी प्रदेशमा बन्दको आह्वान, सडकमा छिटपुट सवारीका साधन


खबरस्टोरी संवाददाता

२८ फाल्गुन २०७९,आईतवार

विराटनगर । प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा बन्दको आह्वान गरिएको छ । बन्दका कारण प्रदेशमा सवारीका साधन चलेका छैनन् 

धरान तरहरा पथरी लगायतका स्थानमा केही बन्द कर्ता सडकमा छन् । उनीहरूले सडकमा अवरोध गरेको प्रहरीले जनाएको छ ।

प्रदेश नम्बर १ पुनः नामाङ्कन संघर्ष समितिको आयोजनमा बन्दको आह्वान गरिएको हो ।

सङ्घर्ष समितिमा विभिन्न पहिचानवादी जातीय संस्थाहरूको सहभागिता रहेको छ । बन्द अगाडि हिजो कोशी प्रदेशका विभिन्न सहरहरूमा राँके जुलुस समेत प्रदर्शन भएको छ ।

प्रदेश सभाले कोशी प्रदेश नामकरण गरेपछि जातीय पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आन्दोलन गर्दै आएकाहरूले विरोध गर्दै आएका छन् ।

कोशी प्रदेशसभामा नामकरणका लागि भएको मतदानमा ८२ जनाले पक्षमा मतदान गरेका थिए । विपक्षमा ४ मत खसेको थियो । कोशी प्रदेश सभामा ९३ जना प्रदेशसभा सदस्य रहेका छन् ।

अघिल्लो प्रदेश सभाले जातीय पहिचानको आधारमा प्रदेशको नाम राख्ने कि भूगोलको आधारमा भन्ने विवादका कारण नाम राख्न सकेको थिएन ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद