Media Network

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु


खबरस्टोरी संवाददाता

२५ माघ २०७९,बुधबार

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि  मतदान सुरु भएको छ ।  घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि मतदान सुरु भएको हो ।  राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो । 

निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरूले अहिले मतदान गरिरहेका छन् । मतदान स्थलमा २ वटा मतदान केन्द्र निर्धारण  गरिएको छ । 

मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र  ‘ख’ मा स्थानीय तहका प्रमुखरउपप्रमुखहरुका लागि मतदानको व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । कुल मतदाता सङ्ख्या ३ सय ५ रहेको लुम्बिनीमा प्रदेश सांसद ८७  र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना छन् । 

एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद