Media Network

लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने


खबरस्टोरी संवाददाता

७ माघ २०७९,शनिबार

बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन २५ माघमा हुने भएको छ । प्रदेशमा राष्ट्रियसभाको एक रिक्त सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिएको छ । जसअनुसार माघको ८ गते मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी विरोध वा उजुरी, माघको ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेको छ ।

माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालीका रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद