Media Network

लमजुङमा पृथ्वीसुब्बालाई पछ्याउदै देव गुरुङ, मात्र तीन सयको मतान्तर


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

लमजुङ   । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचको मतान्तर घटेको छ

क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् ।पृथ्वीसुब्बाले २२ हजार ४३८र देवप्रसादले २२ हजार १३० मत पाएका छन् । 

कूल ८० हजार ९ सय १७ मत खसेकोमा ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद