Media Network

६ महिनापछि आज मधेश प्रदेशमा छिटपुट वर्षा


खबरस्टोरी संवाददाता

२४ फाल्गुन २०७९,बुधबार

काठमाडौँ।६ महिना लामो खडेरीपछि आज (बुधबार) मधेश प्रदेशका केही जिल्लामा छिटपुट वर्षा भएको छ। 

अहिले मधेश प्रदेश अन्तर्गतका सर्लाही, महोत्तरी, रौतहट लगायतका जिल्लामा  सामान्य वर्षा भइरहेको छ। ती जिल्लामा बिहानैदेखि घाम लागेको छैन। 

तर, मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा मधेश प्रदेशमा वर्षाको सम्भावना कहिँकतै उल्लेख छैन। 

महाशाखाले जारी गरेको बुलेटिनमा आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

त्यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मधेशका जिल्ला गएको दसैँयता पानी परेको छैन। पानी नपर्दा किसानले लगाएका बालिनाली चौपट भएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद