Media Network

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले आयोजना गर्यो एक दिने योग शिविर


खबरस्टोरी संवाददाता

१० असार २०८१,आईतवार

काठमाडौ। शान्ति र सद्भावका लागि योग “ भन्ने मुल नाराका साथ नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ र आर्ट अफ लिभिगंको सहकार्यमा एक दिने योग शिविर सम्पन्न भएको छ।

ललितपुरको झम्सीखेलमा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरुले योगसम्बन्धि तालिम लिएका थिए। ब्रह्मचारी श्रीचैत्यन्नको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एक्यानका अध्यक्ष अरुण रावत ,आईक्यानका काउन्सिल सदस्य निल सरु, ठाकुर प्रसाद अधिकारी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

 सिएद्धय प्रमोद ज्ञवाली र सौरभ पाण्डे प्रशिक्षक र दुर्गा प्रसाद ज्ञवाली, केशव गौतम,शुलील पराजुली सह( प्रशिक्षक रहेको कार्यक्रमको संचालक आस्था विष्टले गरेकी थिईन्। मानिसहरुको शारिरीक र मानसिक स्वास्थ्यमा समेत सहयोग पुग्ने यस खालका कार्यक्रमहरु आगामी दिनहरुमा पनि आयोजना हुनुपर्ने सहभागीहरुले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद