Media Network

ओखलढुंगामा यज्ञराजभन्दा ३६ सय ६६ मतले रामहरि अगाडि


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौं। ओखलढुंगामा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडाले निरन्तर फराकिलो मतले अग्रता  लिइ  रहेकाछन्।

खतिवडाले १९ हजार २ सय ८३ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले १५ हजार पाँच सय ८७ मत ल्याएर पछ्याउँदै छन्।

उनीहरूको मतान्तर ३ हजार ६ सय ६६ मत छ। जनता समाजवादी पाटीका उम्मेदवार जुद्धबहादुर राईले ६ सय ३७ मत पाएका छन्।

त्यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शोभा कार्कीले ४ सय ६५ मत ल्याएकी छिन्। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद