Media Network

राष्ट्रपति भण्डारीले आज आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने


खबरस्टोरी संवाददाता

३ फाल्गुन २०७९,बुधबार

काठमाडौँ।। राष्ट्रपति विद्यादेवी भण्डारीले आज  नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने भएकी छिन्।समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन्। 

नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले आज राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । 

रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद