Media Network

रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास


खबरस्टोरी संवाददाता

१९ माघ २०७९,बिहीबार

जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

जुम्ला चन्दनाथ नगरपालिकास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४० वर्षीय सवारी चालक गोकर्ण कार्कीले आत्मदाह गर्ने प्रयास गरेका हुन् । कार्कीले रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु पर्ने माग गर्दै आत्मदाह प्रयास गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि उनले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन्। 

भ्रष्टाचारीलाई कारबाही हुनु पर्ने, रवि लामिछानेले न्याय पाउनुपर्ने, गृहमन्त्री बनाउनुपर्ने भन्दै ४० वर्षीय उनले आत्मदाह प्रयास लागेको  सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ ।

प्रहरी निरीक्षक यामबहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद