बुधबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गरे । राउतले ३५ हजार ४२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी यादवले १६ हजार ९७८ मत पाए ।
योसँगै सप्तरी–२ मा पुरानो इतिहास कायमै रह्यो । यो क्षेत्रबाट ०५६ सालयता दोहोरिएर कोही पनि उमेदवार विजयी भएको रेकर्ड छैन ।
०५६ मा तत्कालीन सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष गजेन्द्रनाराण सिंह नेपाली कांग्रेसका उमेदवार रामकुमार चौधरीसँग १७ मतान्तरले पराजित भएका थिए ।
यही मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी–२ मा ६४ हजार ५६० मत खसेको थियो । यहाँको कुल मतदाता संख्या ९५ हजार ३८४ हो ।