Media Network

सरकार र मिटरब्याज पीडितबीच वार्ता जारी


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७९,बिहीबार

काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता जारी छ । सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी छन् ।

संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताएका छन् । आज १२ बजेदेखि बानेश्वरमा धर्ना र आन्दोलन जारी राख्ने संघर्ष समितिका  एक सदस्यले  बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद