Media Network

सुर्खेतमा आन्दोलनकारीसँगको झडपमा प्रहरी घाइते, ४ राउण्ड अश्रुग्यास प्रहार


खबरस्टोरी संवाददाता

१ फाल्गुन २०७९,सोमबार

सुर्खेत । दुर्घटनामा एक महिलाको मृत्युको विषयमा भएको प्रदर्शनका क्रममा सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् ।

आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले द्ध राउन्ड अश्रुग्यास हानेको छ । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पुर्‍याएको छ ।

मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडप हुँदा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको सुर्खेतले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद