Media Network

सुर्खेतमा जीप दुर्घटना हुदाँ ४ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

८ माघ २०७९,आईतवार

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

पाँचजना सवार बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जीप गएराति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक वीरेन्द्रनगर ७ का सागर शाही, डुङ्गेश्वर गाउँपालिका ५ का दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका ५ बस्ने बबिन शाही र दैलेखको गुराँस गाउँपालिका ३ का राजेन्द्र बिसीको मृत्यु भएको हो ।

चारैजनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते एकजनाको उपचार भइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद