Media Network

संसद भवनअघि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास


खबरस्टोरी संवाददाता

१० माघ २०७९,मंगलवार

काठमाडौं । संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा ३६ वर्षीय इलाम घर भएका प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि आफनो शरीरमा पेट्रोल खनाएर आगो लगाएर आत्मदाहकाे प्रयास गरेका हुन्।  

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद