Media Network

दाई हरिशरणलाई जिताउन काठमाडौ क्षेत्र नं ३ छाडेका रवि २ का अनुपसँग भिड्ने तयारीमा


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौ । नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका पूर्व सञ्चारकर्मी रवि लामिछाने अन्तत् नातावाद र कृपावादको भंगालोमा फसेका छन् । 

पार्टी घोषणा गर्दादेखि नै अन्य दल तथा तिनका नेताहरुको भन्दा फरक संस्कार र थालनीको सूरुवात गर्ने भनेका लामिछाने आखिरमा काठमाण्डौ क्षेत्र नं ३ बाट उम्मेदवारीको घोषणा गरेका उनका दाई हरिशरण लामिछानेलाई सो क्षेत्र छाडेका छन् ।

अहिले क्षेत्र न २ वाट चुनाव लड्ने तरखरमा रहेका लामिछानेले त्यस क्षेत्रबाट पहिला नै उम्मेदवारी घोषणा गरेका र सो क्षेत्रमा अनुप बोहोरालाई नै सघाउने अनि पार्टीको आधिकारीक उम्मेदवार तपाई नै हो भनेर पटक पटक हौसला प्रदान गर्ने रवि लामिछाने नै अन्त्यमा उम्मेदवारी छाड्नुस नत्र कारवाहि गर्छु भन्ने अभिव्यक्ति दिएपछि आफुले सो कुराको प्रतिपाद गर्दै विद्रोह थालेको बोहराले बताए । 

भाषण र व्यवहारमा फरक देखिएका रवि देशका अन्य नेताहरु भन्दा फरक भएको देखाउने नाटक मात्र भएको र यथार्थमा उहि ड्याङको मुला रहेको भन्दै आक्रोश पोखेका छन् ।

काठमाडौ क्षेत्र नं. २ बाट उम्मेदवारी घोषणा गरेका अनुपले विज्ञप्ती नै जारी गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको “प्राइमरी“ प्रारम्भिक निर्वाचन स्क्याम मात्र रहेको बताएका छन् ।

बोहोराको यस्तो छ प्रश्न

 १) अनलाइन उम्मेदवारीको आबेदन समयावधि मिति ७ असोज सम्म राखिएको छ, यो प्रक्रियामा देशै भरिबाट आएका सबै क्षेत्रका उम्मेदवारहरुको नामावली कहिले सम्म प्रकाशित गरिनेछ कि गरिनेछैन, गरिएमा कहिलेसम्म गरिनेछ?

२) सो मोबाइल अप्प्लिकेसनबाट प्राइमरी निर्वाचनमा सोहि निर्वाचन क्षेत्रका मतदाता कार्ड प्राप्त नागरिकहरुले मात्र भोट गर्न पाउने हो कि मतदाता कार्ड नभएपनि नेपाली नागरिकता मात्रै भएमा पनि भोट गर्न पाउने हो ?

३) सो मोबाइल अप्प्लिकेसनबाट निश्चित क्षेत्रका उम्मेदवारलाई सोहि क्षेत्रका मतदाताले मात्र भोट गर्न पाउने हो वा सम्बन्धित  जिल्लाभरिका सबैले वा देशै भरिका सबैले मतदान गर्न पाउने हो ?

४) निर्वाचन अघि त्यो मतदाता नामावली कहिले कतिखेर सार्वजनिक गर्नु पर्छ कि पर्दैन ? गरिनेछ वा छैन, गरिने भए कहिलेसम्म ?   

५) भोटिंग कुन मितिदेखि कुन मितिसम्म हुनेछ ?


 



 




Share:
Reaction :
ताजा समाचार
खेलकुद