Media Network

विरोधमा प्रदर्शनमा घाइते भई मृत्यु भएका लिम्बूको परिवारलाई तीन लाख दिने कोशी सरकारको निर्णय


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७९,सोमबार

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ को परिवारलाई प्रदेश सरकारले ३ लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रदेश सरकारले घटनाको सम्बन्धमा संघीय सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडीको निर्देशकमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिएको छ ।

बैठकले प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद