Media Network

बालबालिकाको सशक्तिकरण र सृजनशीलतालाई प्रेरित आर्ट कार्यशाला सम्पन्न


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०८०,आईतवार

काठमाडौं।नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरेको आर्ट कार्यशाला सफलता पूर्वक सम्पन्न गरेको छ ।  

इन्टरनेट बालबालिकाका लागि हो भन्ने उद्देश्यका साथ शनिबार बौद्धस्थित उत्पला क्याफेमा आयोजना गरिएको कार्यशालामा प्रमुख अतिथिको रुपमा ई–आर्ट नेपालकी सहसंस्थापक एरिना ताम्राकार रहेकी थिइन् । त्यस्तै विशिष्ट अतिथिकोरुपमा उत्पला क्याफेका प्रबन्ध निर्देशक दिपक बोहोरा, हेल्प नेपालका संयोजक अरुन कुमार बस्नेत र काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष विमल कुमार होडा, शुभ श्री बाल उद्यान फोस्टर होमका स्वंय सेवक लगायतको सहभागीता रहेका थियो । 

कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गरेका थिए । शो कार्यशालामा बालकालिकाले आफ्नो कलात्मक क्षमताहरू अन्वेषण गर्न सक्ने सीपहरू बढाउन सक्ने र कला सिर्जना गर्ने आनन्दको अनुभव गर्न पाएको आयोजकको दाबी छ । कार्यशालामा बोल्दै प्रमुख अतिथि ताम्राकारले कलाको निजी जीवन, सामुदायिक विकास र संवेदनशील बनाउनमा ठूलो भूमिका रहेको विषयमा जोड दिएकी थिइन् । 

कोरोना महामारीको बेला नेपालका अनाथ बालबालिकालाई सुरक्षित र निःशुल्क इन्टरनेट कार्यक्रम ‘एक अभियान’ को रूप हो । यसले गर्दा कला र पेन्टिङमार्फत बालबालिभित्र लुकेर रहेको अथाह प्रतिभा उजार गर्न मद्दत गर्ने र इन्टरनेटको प्रयोगबाट डिजिटल डिभाइड पनि सुधार हुने आयोजको भनाइ छ । 

‘कार्यशालामा सहभागीता अत्याधिक रुपमा भएकाले हामी अत्यन्तै खुशी छौँ । ’ नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी तजन्ना श्रेष्ठले भनिन् । कला र शिक्षाको माध्यमबाट बालबालिकालाई सशक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी कार्यक्रम संयोजक तजन्ना श्रेष्ठले बताइन् । कार्यशालाले अन्तरक्रियात्मक सत्रहरू सञ्चालन समेत गरेको थियो, जहाँ बालबालिकाहरूले समुदाय र एकताको भावनालाई प्रेरित गर्न आफ्ना कथाहरू र अनुभवहरू बाँडेका थिए ।

नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको यस वर्कशपलाई वल्र्डलिंक, बुढानिलकण्ठ जेसीआई, लजगा र उत्पला क्याफेको सहयोग रहेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद