Media Network

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका १० क्याम्पसमा स्ववियु निर्वाचन हुँदै


खबरस्टोरी संवाददाता

८ चैत्र २०७९,बुधबार

धनगढी। सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुँदै छ । केन्द्रीय क्याम्पससहितका ५ क्याम्पस बाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचन हुन लागेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसमा पनि नयाँ स्ववियु नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । यहाँ नेकपा एमाले सम्बद्व अनेरास्ववियु र नेकपा (एकीकृत समाजवादी) पार्टीको अनेरास्ववियूबीच चुनावी तालमेल भएको छ भने अन्य संगठनले एकल उम्मेदवारी दिएका छन् ।

अनेरास्ववियुका यमराज जोशी, नेविसंघका हरिस खत्री, अखिल क्रान्तिकारीका पवन सुनारसहितका ९ जनाको उम्मेदवारी छ ।

स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भएपनि आन्तरिक विवादका केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्ता हुन सकेन । केन्द्रीय क्याम्पसले अगामी २१ गते नयाँ मिति तय गरेको छ भने अन्य क्याम्पस छलफलमै रहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद