Media Network

शैक्षिक सामाग्री निर्माण गर्दै लुम्बिनी प्राविधिक विश्वविद्यालय


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०८०,बिहीबार

बाँके। लुम्बिनी प्राबिधिक बिश्वविद्याययले आगामी शैक्षिक सत्र २०८०का लागि आईटि।सम्बन्धि बिषयहरुमा भदौदेखि भर्ना लिने तयारी थालेको छ।लुम्बिनी प्रदेश स्तरीय लुम्बिनी प्राबिधिक विश्वविद्यालयले यहि शैक्षिक सत्र २०८० भदौ देखि प्राबिधिक धारमा एउटा सेमेस्टरमा ४८ जनाका दरले विद्यार्थी भर्ना हुनेछन् ।नयाँ शैक्षिक सामाग्री निर्माणमा  लुम्बिनी प्राविधिक विश्वविद्यालयले तीब्र रूपमा कार्यथालनि गरेको विश्वविद्यालयका रजिस्ट्रार रेग बहादुर भण्डारीले जानकारी दिनुभयो ।

बाँकेको स्थानीय तह खजुरा गाउँपालिका ८ साबिकको रनियापुर गाउँ बिकास समिती ४ स्थित १०० बिघा जग्गा प्राबिधिक विश्वविद्यालयको नाममा नामसारी दिन तत्कालीन स्थानीय तह प्रमुख किस्मत कुमार कक्षपतीले सम्पुर्ण प्रक्रिया पुरा गरेर जिल्ला प्रशासन कार्यालय बाँके मार्फत संघीय भुमि ब्यवस्था मन्त्रालयमा पत्राचार गरेको थियो। नेपालको भुमि सम्बन्धि ऐन अनुसार प्रदेश अथवा स्थानीय सरकारले  अस्पताल तथा क्याम्पस संचालन गर्नुपरेका जग्गा नामसारी नभई लिजमा दिने ब्यवस्था भएकोले लुम्बिनी प्राबिधिक विश्वविद्यालयको नाममा जग्गा नामसारी भएन।

खजुरा गाउँपालिकाले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उपलब्ध गराएको १ एक सय बिघा जग्गा अब स्थानीय सरकार बाट ४० बर्षका लागी लिजमा लिन बैठक बाट निर्णय पारित गरेर पठाएको बाँकेका प्रमुख जिल्ला अधिकारीले बताउँददै निर्णय हामीले जिल्ला प्रशासन मार्फत संघमा पठाएता पनि लिज वा नामसारी सम्बन्धि जानकारी विश्वविद्यालयलाई आउँछ।

आउने भएकाले पछिल्लो जानकारी आफुलाई थाहा नभएको प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले बताउनुभयो ।

नेकपा एमाले बाँके जिल्ला अध्यक्ष एवं खजुरा गाउँपालिका निबर्तमान अध्यक्ष किस्मत कुमार कक्षपती र तत्कालीन लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोख्रेलको पहलमा लुम्बिनी प्रादेशिक विश्वविद्यालय खजुरामा खोल्ने निर्णय भएसँगै आवश्यक पर्ने १०० बिघा जग्गा खजुरा गाउँपालिकाले निशुल्क उपलब्ध गराउने सर्तमा काम अगाडि बढाएको बताएको थियो।

 । खजुरा गाउँपालिका लगाएत बाँकेका सबै स्थानीय तह–हरुले बाँकेमा प्राबिधिक विश्वविद्यालय आवश्यक भएको र धेरै सरकारी कार्यालयहरु खालि हुँदै गएको बाँकेको अस्तित्व समेत कायम गर्ने छ। सामाजिक आर्थिक शैक्षिक बिकास गर्न रोजगारी सिर्जना गर्न विश्वविद्यालयले टेवा पुर्याउने छ भने बाँके बर्दिया लगाएत लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेश लगाएत छिमेकी मुलुक भारत बाट समेत यहाँ शिक्षा आर्जन गर्न आउने विस्वास विश्वविद्यालयले लिएको छ। यहीँ शैक्षिक सत्र देखि अध्ययन अध्यापन शुरु गर्न  विश्वविद्यालय तयारी भएको रजिस्ट्रार रेग बहादुर भण्डारीले बताउनुभयो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद