Media Network

आर्सनलको सानदार जित


खबरस्टोरी संवाददाता

४ आश्विन २०८०,बिहीबार

काठमाडौं । ६ वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा फर्किएको आर्सनलले २०२३/२४ सिजनको पहिलो खेलमा पिएसभी आइन्डहोभनमाथि सानदार जित निकालेको छ ।समूह बी अन्तर्गत घरेलु मैदान एमिरेट्स मैदानमा बुधबार राति भएको खेलमा आर्सनल ४–० ले विजयी भएको हो ।

उत्कृष्ट सुरुआत गर्ने क्रममा आर्सनलले पहिलो हाफमै तीन गोल गरेको थियो ।

बुकायो साकाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा लियोन्ड्रो ट्रोसार्डले २०औं मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे ।

गाब्रीएल जेससले ३८औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता ३–० बनाए । त्यसपछि कप्तान मार्टिन ओडेगार्डले ७०औं मिनेटमा आर्सनलको लागि चौथो गोल गरे ।

जितपछि आर्सनलले ३ अंकसहित च्याम्पियन्स लिगको यात्रा गरेको छ ।

यसै समूहको अर्को खेलमा स्पानिस क्लब सेभिया र फ्रेन्च क्लब लेन्सले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यसैगरी समूह डी को खेलमा अर्को स्पानिस क्लब रियल सोसिडाडले इटालियन क्लब इन्टर मिलानलाई १–१ को बराबरीमा रोकेको छ । यसै समूहको अर्को खेलमा एफसी साल्जवर्गले वेनफिकालाई २–० ले हरायो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद