Media Network

अन्जु पन्त र सुगम पोख्रेलको स्वर रहेको गीत “तिमि मेरो खास हौ” बजारमा


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७९,मंगलवार

काठमाडौं।नेपाली संगीत पारखीहरुका लागि कलाकारहरुका अथाह मेहनत र परिश्रमले फरक–फरक स्वादका गीत संगीतहरु बजारमा आइरहेका छन् । यसै भिडमा प्रणय दिवसको अवसर पारेर गीतकार पुनम मोथेले भर्खरै मात्र प्रगाड प्रेम भावमा “तिमि मेरो खास हौ” बोलको गीतलाई सार्वजनिक गरेकी छिन् ।

उनले यस गीतलाई आफ्नै आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् । निकै महँगो खर्चमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा बिकाश चौवान र बबिता गुरुङ्गको आकर्षक अभिनय देख्न सकिन्छ ।

पुनम मोथेको शब्द रचना र सरोज पोख्रेलको संगीतमा तयार भएको यस गीतमा सुगम पोख्रेल र अन्जु पन्तको सुमधुर स्वर सुन्न सकिन्छ । गीतकार पुनम यतिबेला अमेरिका रहेकी छिन् । अमेरिकामा रहेर पनि नेपाली गीत संगीत र साहित्यलाई यति धेरै प्राथमिकतामा साथमा  लिनुले साच्चै स्वदेश प्रतिको मोह जुन देशमा पुगेपनि नमेटिने प्रष्ट हुन्छ ।

“तिमि मेरो खास हौ” बोलको गीतको म्युजिक भिडियोलाई राहुल बराइलीले निर्देशन गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन मिन रावलले गरेका छन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद