Media Network

अष्ट्रेलियामा गायक प्रकाश दूतराजद्धारा आत्महत्याको प्रयास


खबरस्टोरी संवाददाता

२१ कार्तिक २०७९,सोमबार

काठमाडौं । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका गायक प्रकाश दूतराजले आत्महत्याको प्रयास गरेका छन् ।ार्यक्रमका लागि अष्ट्रेलिया पुगेका प्रकाशले आफू बसेको होटेलमै स्थानीय समयानुसार आइतबार मध्यरात झुण्डिने प्रयास गरेको बताइएको छ ।अन्तर्मुखी स्वभावका गायक प्रकाशले के कारण आत्महत्याको प्रयास गरे त्यो खुलेको छैन । तर, प्रकाशले कोठामा सलको पासो लगाएर झुण्डिने प्रयास गरेका थिए । उनी बसेको ढोका खुल्लै भएकाले कोठाबाट आवाज आएपछि उनीसँगै गएकी गायिका भूमिका गिरीले दूतराजको कोठामा पसेर उनको उद्धार गरेको बताइएको । गायक प्रकाशले र गायिका गिरी दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको भन्ने बुझिएको छ ।

उद्धारपश्चात् गायक प्रकाश सामान्य अवस्थामा छन् । सिड्नीको कार्यक्रमपछि प्रकाश र भूमिका सँगै नेपाल फर्कने तयारीमा छन् ।प्रकाशका ‘जाम भो माइली’, ‘घर कता हो बैनीको’, ‘चोली मैलै भो’, ‘मन भुल्छ’ लगायत गीतहरु बजारमा चर्चित छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद