&...">
Media Network

बाढी, पहिरो र डुवानका कारण यो वर्ष ७० जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२५ असार २०८१,सोमबार

 काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी,पहिरो र डुवानका कारण यो वर्ष अहिलेसम्म ७० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए ।

उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ । चार हजार सात सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० रुपैयाँ मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद