Media Network

चिरप्रतिद्वन्द्वी एसी मिलानलाई ५–१ ले हराउँदै इन्टर मिलान विजयी


खबरस्टोरी संवाददाता

३१ भाद्र २०८०,आईतवार

काठमाडौँ। इन्टर मिलानले चिरप्रतिद्वन्द्वी एसी मिलानलाई हराउँदै सिरिए ए मा आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । शनिबार भएको खेलमा इन्टर ५–१ गोलले विजयी बन्यो ।

हेनरिक मिखितारियनले खेलको सुरुवातमा नै इन्टरलाई अग्रता दिलाएका थिए । मार्कस थुरामले ३८ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा राफायल लियोले एसी मिलानका लागि एक गोल फर्काए पनि त्यसपछि इन्टरले तीन गोल थपेको थियो ।

मिखितारियन, हाकान काल्हानोग्लु र डेभिड फ्राटेसीले एक–एक गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । इन्टरले लगातार पाँच मिलान डर्बी जितेको यो पहिलो अवसर हो ।

४ खेलबाट १२ अङ्कसहित इन्टर लिगको शीर्ष स्थानमा रहेको छ । एसी मिलान ९ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ ।

शनिबार नै युभेन्टसले लाजियोलाई ३–१ गोलले हराउँदै लिगको दोस्रो स्थानमा उक्लेको छ । साबिक विजेता नापोली भने जेनोआसँग २–२ को बराबरीमा रोकियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद