Media Network

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) क्युएफएक्सका सिनेमा घरहरुमा


खबरस्टोरी संवाददाता

२ चैत्र २०७९,बिहीबार

काठमाडौं।छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) यही आउँदो चैत २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म क्युएफएक्सका सिनेमा घरहरुमा आयोजना हुने भएको छ । प्रायः ‘थिएटर रिलिज’ नहुने छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुलाई प्रोत्साहन हुने एवं नेपाली दर्शकलाई यस्ता फिल्मको स्वाद लिने अवसर महोत्सवले उपलब्ध गराउने अपेक्षा कम्पनीले लिएको छ । 

यस्ता महोत्सवहरुले दर्शकको फिल्म साक्षरता अभिवृद्धि गर्न तथा चलचित्र जगतको विकास र प्रवद्र्धनलाई समेत प्लेटफर्म प्रदान गर्ने भएकाले क्युएफएक्स सिनेमाजले महोत्सवमा सहकार्य गरेको हो ।  नेपाली चलचित्र निर्माणको स्तर उकास्न एवं विविधता ल्याउन सहयोग पु¥याउने क्युएफएक्सको उद्देश्य रहँदै आएको छ । नीफसँगको सहकार्य त्यही प्रयासको निरन्तरता हो ।  छैटौं महोत्सवमा छनोट भएका प्रतियोगी तथा अप्रतियोगी लामा÷छोटा फिल्महरु क्युएफएक्स अन्तर्गतका सिनेमा घरहरुमा प्रदर्शित हुनेछन् । यी सिनेमा घरहरुमा काठमाडौंको सुन्धारास्थित सिभिल मल एवं ठमेलस्थित छायाँ सेन्टर, ललितपुर पुल्चोकस्थित लबिम मल तथा भक्तपुरको राधेराधे भाटभेटनीस्थित क्युएफएक्स सिनेमाज रहेका छन् । 

विगतमा जस्तै यसपटक पनि निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा फिल्म तथा डकुमेन्ट्री र एनिमेटेड फिल्महरु प्रदर्शन हुनेछन् । ३५ देशका ९५ वटा प्रतिस्पर्धी फिल्म प्रदर्शन हुने महोत्सवको उद्घाटन चलचित्र भने कोरिन शर्मा निर्देशन चलचित्र ‘चरी’ हुनेछ । यो फिल्म अप्रतियोगीका रुपमा महोत्सवमा देखाइनेछ । महोत्सवको समुद्घाटन सुन्धारा सिभिल मलस्थित क्युएफएक्स सिनेमाजमा हुनेछ । महोत्सवमा सहभागी फिल्म हेर्नका लागि खल्ती एप वा सिनेमाघरहरुका बक्स अफिसबाट टिकट खरिद गर्न सकिनेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद