काठमाडौको बुढानिलकण्ठस्थित चउर फुुटसलमा भोली (शनिबार) १० बजेबाट सुरु हुने खेलको एक्यानका पुर्व अध्यक्ष तथा आईक्यानका काउन्सिल सदस्य आनन्द शर्मा बाग्लेले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
सिए, इन्जिनियर,बैंकर्स लयायत विभिन्न फरक फरक विधाका टिमहरुको सम्लग्नतामा गु्रप ए र ग्रुप बि गरि दुई टिममा विभाजत हुने खेलमा क्यापिटल एक्सआई ए , क्यापिटल एक्सआई बि, क्यापिटल एक्सआई डि, चार्टर्ड क्लब, टिम हातेमाले, टिम सिएमसी, टिम सानिमा, सेन्ट्रल एक्सआई, टिम योङ्ग गन्स, टिम मियो लगायत झण्डै १० टिमको सहभागिता रहने कार्यक्रम संयोजक सिए प्रदिप अर्यालले बताए । आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धिको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संयोजक अर्यालले बताए । विगतमा पनि विभिन्न क्लब स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्दै आईरहेको चार्टर्ड क्लबले यस पटक पनि त्यसलाई निरन्तरता दिएको हो ।
फुटसलको सेमि फाईनल खेल दिउँसो १ः१५ मा गु्रप ए को बिजेता टिम र ग्रुप बि का रनर अप टिम, अनि ग्रुप बि को बिजेता टिम र ग्रुप ए को रनर अप टिमबीच हुनेछ भने फाईनल खेल सेमिफाईनल १ र सेमिफाइनल २ का बिजेता टिमबीच दिउँसो २ बजे हुनेछ ।
त्यस्तै प्रतियोगितामा तेस्रो बिजेताका लागि सेमिफाइनलका उपबिजेता टिमबीच दिउँसो १ बजे हुनेछ ।दिउँसो २ः३० मा बिजेताहरुलाई सम्मानसहित एकदिने प्रतियोगिताको समापन गरिने छ ।खेलको खबरस्टोरी मिडिया लगायत विभिन्न फेसबुक पेजहरुले प्रत्यक्ष प्रसारण गर्नेछन् ।
खेलतालिका यस्तो छ ।