Media Network

कलाकारको अध्यक्षमा मोहन र रेजिना भिड्दै


खबरस्टोरी संवाददाता

२९ फाल्गुन २०७९,सोमबार

काठमाडौं । नेपाली कलाकारको साझा संस्था चलचित्र कलाकार संघमा यतिबेला चुनावी सरगर्मी बढेको छ । संघको १९ औं महाधिवेशनको मिति (४ चैत) नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरु चुनावी रस्साकस्सीमा छन् ।

केही उमेम्दवार प्यानल सहित अगाडि आउने तरखरमा छन् भने कोही एकल प्रतिस्पर्धामा विश्वस्त देखिएका छन् । कतिपय भने राजनीतिक पार्टीको लाइन अनुुसार अगाडि बढ्नुपर्ने अवस्थामा छन् । कलाकार संघमा आफ्नो पक्षको नेतृत्व ल्याउन संघभन्दा बाहिर व्यक्ति पनि सक्रिय देखिएका छन् ।

महाधिवेशन ४ चैतमा हुने भए पनि शनिबार कार्यसमितिको विभिन्न पदका लागि उम्मेदवारी दर्ता तोकिएको थियो । जसमा अध्यक्षमा २, उपाध्यक्षमा ७, महासचिवमा ५, सचिवमा २, कोषाध्यक्षमा २, सहकोषाध्यक्षमा २ र सदस्य पदका लागि २६ जनाको उम्मेदवारी परेको छ ।

केही दिनयता बागबजार, डिल्लीबजार, अनामनगर, ज्ञानेश्वर लगायतका क्षेत्रमा कलाकार झुन्डझुन्ड भेटिने गरेका छन् । जसमा चुनावी विषयमा छलफल हुने गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद