Media Network

कर्मा ग्याल्जेन र बबिता मानन्धरको स्वरमा ‘आँखों से कह दो’ सार्वजनिक


खबरस्टोरी संवाददाता

१७ फाल्गुन २०७९,बुधबार

काठमाडौं।गायक कर्मा ग्याल्जेन बोम्जन र गायिका बबिता मानन्धरको सुमधुर स्वरमा रहेको हिन्दी गीत ‘आँखों से कह दो’ सार्वजनिक भएको छ । 

बेलायत बस्दै आएका संगीतकार तथा गीतकार विदेहमणि उपाध्यायको शब्द, संगीत रहेको प्रेमिल शैलीको यस गीतलाइ डेनियल गदालको एरेन्ज गरेका हुन् ।आयुष खड्का र एन्जिला बानियाको रोमान्टिक अभिनय रहेको गीतको भिडियोलाई युवा निर्देशक अनुप चापागाईले निर्देशन गरेका हुन् । 

बुद्ध थापाको सिनेमाटोग्राफी, भिडियोमा विकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई रहिल अहमद अफिसियल च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद