अहिलेको निर्णय अनुसार अब प्रत्येक प्रदेशबाट २ जना महिला र ३ जना पुरुष गरी ५ जनाले मासिक १५ हजार रुपैयाँ पाउने छन् । यसले गर्दा नेपाली महिला र पुरुष टिमको बेन्च पनि बलियो हुने अपेक्षा गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । सात प्रदेशबाट १४ जना महिला र २१ जना थप खेलाडीले मासिक पारिश्रमिक पाउने गरी समावेश हुँदा खेलमा थप सकारात्मक प्रभाव पर्ने खेल क्षेत्रका विज्ञले बताएका छन् । खेलाडीहरुले पाउने पारिश्रमिक सम्बन्धित प्रदेश कार्यसमितिमा पठाइने र त्यहीबाट वितरण हुने छ ।
यसैगरी आइसीसी टी २० विश्वकप क्रिकेटमा सहभागी भएको नेपाली टोलीका खेलाडी र अफिसियलहरुलाई पनि भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । कार्यसमितिको निर्णय अनुसार खेलाडीहरु र मुख्य प्रशिक्षक मोन्टी देशाईले जनही ३ लाख रुपैयाँ प्राप्त गर्दा अन्य सपोर्ट स्टाफहरुले भने जनही १ लाख ५० हजार रुपैयाँ पाउने छन् । यसैगरी नोभम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा आयोजना हुने नेपाल प्रिमियर लिग ९एनपीएलमा० ८ टिमलाई सहभागी गराउने निर्णय पनि गरिएको बैठक पछि प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी वाई वाई यू १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सेप्टेम्बर अक्टोबरमा कोशी प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ भने इलाइट कप अक्टोबरको अन्तिम साता मधेश प्रदेशको जनकपुर र विरगञ्जमा आयोजना गर्ने निर्णय भएको छ ।
त्यस्तै, आइसीसी यू १९ महिला विश्वकप एशिया क्वालीफायरको तयारीका लागि सेप्टेम्बर १५ देखि दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।यसैगरी विहीबारको बैठकले नेपाली क्रिकेट टिमको पूर्व कप्तान लेखबहादुर क्षेत्रीको सयोजकत्वमा ३ सदस्यीय राष्ट्रिय छनोट समिति गठन गठन गरिएको छ । समितिमा युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य रहेका छन् । नेपाली राष्ट्रिय टोलिबाट निलम्बनमा परेका आदिल आलमको निलम्बन प्रक्रिया फुकुवाको विषयमा अनुशासन समितिबाट प्रतिवेदन प्राप्त भएको र त्यसका आधारमा आइसीसीमा पेश गर्ने र त्यसका आधारमा खेलाडीका बारेमा निर्णय गर्ने सहमति बैठकमा भएको छ । संघको बार्षिक साधारणसभा भने असोज ११ र १२ गते गण्डकी प्रदेशको पोखरामा हुने भएको छ ।