Media Network

ललितपुर मेयर कप महिला टी-२०ः एपीएफ क्लबको जित , तेस्रो पटक च्याम्पियन बन्दै ह्याट्रिक


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७९,बिहीबार

काठमाडौं । ललितपुर मेयर कप महिला टी-२० प्रयोगिताको तेस्रो संस्करणको उपाधि पनि एपीएफ क्लबले जितेको छ ।

तेस्रा संस्करणको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै विभागीय टोली एपीएफ लगातार तेस्रो पटक च्याम्पियन बन्दै ह्याट्रिक हानेको हो।

ब्याटर सीता र इन्दुको १३७ रनको कीर्तिमानी साझेदारी गर्दा एपीएफले १५४ रन बनाउको थियो ।

एपीएफले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०० रनमै सीमित भयो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद