Media Network

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिनः आज के के हुँदैछ ?


खबरस्टोरी संवाददाता

११ मंसिर २०७९,आईतवार

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाको गरी तीन प्रस्तुति मञ्चन हुँदैछ । भुटान र अमेरिकाके संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्रीः वन मोदर’ मध्यान्ह १२ र दिउँसो ४ बजे मण्डला नाटकघरमा मञ्चन हुँदैछ । अंग्रेजी भाषामा रहेको यो नाटकलाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । यो प्रयोगात्मक र एकल नाटक हो ।

यो नाटकले सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास र संस्कृतिबारे बताउँछ । नाटक, तामाङ्ग समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो । त्यस्तै दिउँसो २ र साँझ ६ बजे रुसको लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मण्डला स्टुडियोमा मण्डन हुँदैछ । कोन्द्रातोएभा क्रिस्टिनाले लेखेकी यस नाटकलाई सुखोरुकोभा तातियानाले निर्देशन गरेका छन् ।

नाटक सामाजिक दृष्टिकोणबाट महत्वपूर्ण रहेको यस नाटकले एउटी युवतीको कथा भन्द । आफ्नो मातापिताको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यको रुपमा रहेकी उनले आफ्नो स्वतन्त्रताका यात्रामा सानो भाइलाई समेत बिर्सिएको प्रसंगलाई नाटकमा छ । आइतबारै साँझ ७ः३० बजे नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन हुँदैछ । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ ।

काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको महोत्सवमा आइतबारै नाटकका अलवा बिहानैदेखि ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि भइरहेको छ ।

शनिबार के के भयो ? 

शनिबार पनि दुई नाटकको चार मञ्चन भएको थियो । भारतको कथावाचन शैलीको ‘देस्देमोना रुपकम’ र स्पेन÷इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेस क्राफ्ट’ मञ्चन भएको थियो । त्यस्तै महोत्सवको आकर्षणको रुपमा रहेको सुप्रशिद्ध अभिनेत्री शबना आजमीको मास्टरक्लस पनि सम्पन्न भएको छ ।

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद