Media Network

नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फस्ट लुक पोस्टर सार्वजनिक


खबरस्टोरी संवाददाता

२४ फाल्गुन २०७९,बुधबार

काठमाडौं।नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको फस्ट लुकलाइ कलात्मकरुपमा बनाइएको छ । 

एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको शशक्त र अब्बल अभिनय रहेको छ । चार नारी पात्रको कथा समेटिएको यस चलचित्रमा नारीहरुको विभिन्न रूप र रंगका साथ बाँधिएको छ । चार जना नारीलाइ मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्रको निर्माता पनि नारी नै रहेकी छन् ।  चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बहेको चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ । चलचित्रका निर्देशक गणेश देव पाण्डे हुन्। जसले यो भन्दा पहिले मन्जरी, गाजा बाजा जस्ता सफल चलचित्र निर्देशन गरी सकेका छन् ।

बिबेक खड्काको छायाँकन रहेको चलचित्रको सम्पादन अन्जय खड्काले गरेका छन् । चलचित्रको कार्यकारी निर्माता नबीन भट्ट हुन् । चलचित्रको प्रदर्शन मिति भने फाइनल हुन बाँकी रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद