रियलको घरेलु मैदानमा भएको खेलको पाँचौ मिनेटै एन्डर बारेनेत्सियाले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफमा रियल खेलमा फर्कियो । ४६औं मिनेटमा भलभेर्डले रियलका लागि बराबरी गोल फर्काए ।
जोसेलुले ६०औं मिनेटमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । दुवै गोलका लागि फ्रान्सिस्को गार्सियाले असिस्ट गरे ।
जितपछि ५ खेलबाट १५ अंक जोडेर रियल शीर्ष स्थानमा उक्लेको छ । साविक विजेता बार्सिलोना १३ अंकसहित दोस्रो स्थानमा छ ।
सोसिडाड ५ खेलबाट ६ अंकसहित ११औं स्थानमा छ ।