Media Network

साफ यु १७ : आज नेपाल र रुस भिड्दै


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७९,आईतवार

काठमाडौँ । साफ यु १७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज रुससँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले रुससँग प्रतिस्पर्धा गर्न लागेको हो । 

नेपाल र रसियाबीचको खेल राति ७ बजेबाट सुरु हुनेछ । नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर चौथो स्थानमा छ ।

यसअघिको खेलमा नेपाल भारतसँग ४—१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई ५—० ले हराएको थियो । प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद