Media Network

समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘रुदै हिड्नु पर्छ’ भिडियो सार्वजनिक


खबरस्टोरी संवाददाता

२८ फाल्गुन २०७९,आईतवार

काठमाडौं।गायक सुवास खत्री, सुनिता बुढा क्षेत्री र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ’रुदै हिड्नु पर्छ ’को भिडियो सार्वजनिक गरिएको छ । ‘रुदै हिड्नु पर्छ’ बोलको लोक तथा दोहोरी गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ । गीतमा सारिका केसी र दिनेश पुरीको अभिनय देख्न सकिन्छ । गीतमा परदेशी भुमीमा जिवनमा सुनौला सपना बोकेर हिडेका युवाहरुको पिडा र व्यथालाई गीतमा समेटिएको छ ।

विशाल घिमिरेको निर्देशन रहेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन नविन धर्ति मगरले गरेका छन् । गीतको भिडियोलाई सुवास खत्रीको अफिसियल युटुव मार्फत बजारमा ल्याइएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद