Media Network

विश्वकप फुटबल आज पनि चार खेल, ब्राजिल र सर्विया भिड्ने


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) चारवटा खेल हुँदैछन् । समूह जी र समूह एचका दुई–दुई खेल हुनेछन् ।

समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच पहिलो खेल हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अल जानोबल स्टेडियममा सुरु हुनेछ । 

आजको दोस्रो खेल समूह एचमा रहेको उरुग्वे र दक्षिण अफ्रिकाबीच बेलुका पौने ७ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ ।समूह एचमै रहेका पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । यस्तै समूह जीमा रहेका ब्राजिल र सर्बियाबीच मध्यराति पौने १ बजे खेल सुरु हुनेछ । यो खेल लुसेन आइकोनिक स्टेडियममा हुनेछ ।

आजको खेलपछि विश्वकपमा सहभागी ३२ वटै टिमको एक–एक खेलको समीकरण पूरा हुनेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद