Media Network

विश्वकप फुटवल : अर्जेन्टिनाको ऐतिहासिक हार, साउदीसँग २–१ ले पराजित


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । फिफा विश्वकपमा साउदी अरेबियासँग २–१ ले पराजित भएको छ ।

अर्जेन्टिनाको ३६ खेलसम्मको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । अर्जेन्टिना सन् २०१९ यता अपराजित थियो । विश्वकपमा अर्जेन्टिना २८ वर्षपछि समूहचरणको पहिलो खेलमा पराजित भएको हो । दुईपटकको विश्वविजेता सन् १९९० को इटाली विश्वकपमा क्यामरुनसँग समूहचरणको पहिलो खेलमा पराजित भएको थियो । 

कतारको लुसैल रंगशालामा मंगलबार साउदीलाई पुनरागमन जित दिलाउन अल सेहरी र अल ड्वसरीले एक–एक गोल गरे । 

पहिलो हाफमा १–० ले पछि रहेको साउदीका लागि ४८ औं मिनेटमा अल सेहरीले गोल गर्दै आफ्नो टोलीलाई बराबरीमा फर्काएका थिए ।यस्तै, ५३ औं मिनेटमा अल ड्वसरीले बक्सभित्रबाट गोल टप कर्नर गोल नै साउदीको जितमा निर्णायक बन्यो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद