Media Network

युएईले टस जित्यो, नेपालले बलिङ गर्दै


खबरस्टोरी संवाददाता

२ चैत्र २०७९,बिहीबार

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ ।

खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टिममा आज करण केसीको स्थानमा गुल्शन झालाई राखिएको छ ।

युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा रहँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ ।

हालसम्मको खेलबाट नेपालको ३८ र नामिबियाको ३९ अंक छ । युएई ३३ अंकसहित तालिकाको छैटौं स्थानमा छ । आजको खेलको नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ ।

नेपाल पराजित भएमा नामिबियाले शीर्ष तीनको स्थान कब्जा गर्नेछ । पहिलो र दोस्रो स्थानमा रहँदै स्कटल्यान्ड र ओमान भने विश्वकप छनोटमा पुगिसकेका छन् ।

नेपाल जारी सिरिजमा अपराजित भएकाले आज पनि त्यसैलाई निरन्तरता दिने लक्ष्यमा छ ।  २८ फागुनमा युएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० मान्यता जोगाउन सफल भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद