Media Network

आइएमई पे र बीग डिजिटलवीच सहकार्य


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौ।आइएमई पे र बीग डिजिटलबिच सम्झदारी भएको छ । समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका रोमाञ्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा एक हजार रुपैंयाँ फ्ल्याट छुट पाईने छ । साथै, ग्राहकहरुले पाँच हजार रुपैंयाँसम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्ने छन् । 

यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर एक गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहने जानकारी कम्पनीले दिएको छ । 

आइएमई पेको बारेमा :

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट  विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । 

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद