Media Network

आइपीओ जारी गर्दै इस्टर्न हाइड्रोपावर


खबरस्टोरी संवाददाता

१३ आश्विन २०७९,बिहीबार

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावितका लागि जारी गरेको बांकि ५० हजार ३१० कित्ता सहित ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गर्न लागेको हो । यो मध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा कार्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद