Media Network

आज यती एयरलाइन्सका नियमित उडान नहुने


खबरस्टोरी संवाददाता

२ माघ २०७९,सोमबार

काठमाडौं ।यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । आइतबार पोखरामा एटिआर–७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो । नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए ।सरकारले आज  शोक विदा दिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद