Media Network

१०.८७ अंकले घट्यो नेप्से


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७९,बिहीबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन  नेप्सेसँगै कारोबार रकम पनि सुस्त बनेको छ। । लगातार दोस्रो कारोबार दिन पनि कारोबार रकम १ अर्ब भन्दा तल झरेको हो । बिहीबार बजार परिसूचक नेप्से १०.८७ अंकले गिरावट हुँदा १९०८.५५ अंकमा बन्द भएको छ ।

होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबै उपसूचमा गिरावट भएका छन् । होटल तथा पर्यटन उपसूचक ०.५० प्रतिशतले बढेको छ ।

सेयर बजार परिसूचक नेप्से घटेर लल्लो विन्दुमा आउँद लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन् । जसले कारोबार रकम पनि घट्दै गएको छ । नेप्सेमा सुस्त बन्दै गर्दा पनि कारोबार रकम लगातार १ अर्ब माथि भएपनि बुधबार र बिहीबार भने १ अर्बबाट तल झरेको हो । बुधबार करिब ८२ करोडको सेयर कारोबार भएको बजारमा बिहीबार ८९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

२६ हजार ४३४ वटा कारोबारमा २७ लाख ५० हजार ६५५ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ५ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ३ करोड १२ लाख र जीवन विकास लघुवित्तको २ करोड १४ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४९ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये सुपरमाइ हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा कालिञ्चाक दर्शनको सेयरमूल्य ६.०८ प्रतिशत र आरएसडीसी लघुवित्तको सेयरमूल्य २.५७ प्रतिशतले वृद्धि भएको छ ।

आदर्श लघुवित्तको सेयरमूल्य ६.०७ प्रतिशत गिरावट हुँदा जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ३.८६ प्रतिशत र सपोर्ट लघुवित्तको सेयरमूल्य ३.७१ प्रतिशतले गिरावट भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद