Media Network

बढ्दो ब्याजदरसँगै बढ्दो महङ्गीको मारमा उपभोत्ता


अञ्जन बस्नेत

२४ कार्तिक २०७९,बिहीबार

काठमाडौँ। अहिले बजारमा निक्षेपमा व्यजदर वृद्धि तिब्र भइरहेको छ । बैंक तथा वितिय संस्थाहरुले निक्षेप भित्राउन आकर्षक योजनाहरु ल्याइरहेका छन् । बजारमा आर्थिक तरलताको अभाव भएता पनि बैंकहरुमा निश्चित निक्षेपमा भने कमि आएको छैन। 

 निक्षेपमा व्यजदर वृद्धिसंगै कर्जामा पनि व्यजदर निकै आकाशीएको छ । बजार अहिले सुस्त अवस्था मा नै छ । व्यापारमा प्रगति गर्न सकेको अवस्था छैन । बैंकहरुको व्याजदर वृदिधसंगै सहकारी सस्थाहरुमा निक्षेपमा गिरावट आएको छ । कतिपय सहकारी संस्थाहरु टाट पल्टिने अवस्थामा पुगिसकेको छ ।

बजारमा उद्योगघन्दाहरु बैंकले वयजदर वृद्धि गरेको भन्दै सडकमा आएका छन् । व्याजदर वृद्धि तथा बैंकहरुले कर्जा संकलनमा कठोर नीति ल्याएको छ । बैंकहरुले कर्जा र निक्षेपको ब्याजदर अन्तर पनि नियामकीय सीमा ४.४२ प्रतिशतको नजिक पुगेको अवस्था छ । 

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर २०७९ साउनमा ७.६४ प्रतिशत कायम भएको छ, जुन विगत दश वर्षकै उच्च हो।२०७९ साउनमा कर्जाको भारित औसत ब्याजदर ११.९४ प्रतिशत कायम भएको छ। यसको असर सोझै अहिले उद्योग व्यवसायमा परेको छ ।

व्यापार घाटा बड्दै गएको छ । असोजमा अर्को डेढ खर्ब थपिए पनि ४ खर्ब पुग्नुपर्छ । २ खर्ब रुपैयाँ प्रणालीमा खुद नाफा हुनु पर्ने थियो । देशभित्रको मूल्य अभिवृद्धिको हिसाबै नगर्ने हो भने पनि हाम्रो निक्षेप २ खर्ब बढ्नु पर्ने हो । 

तर गत असार मसान्तमा ५१ खर्ब ५८ अर्ब रहेको निक्षेप अहिले पनि जतिको त्यत्ति छ । गत साता पनि पुरै वित्तीय प्रणालीको निक्षेप ५१ खर्ब ५८ अर्ब नै रहेको राष्ट्र बैङ्कको आँकडा छ । यसरी अर्बौँ होइन, खर्बमा हाम्रो पैसा प्रणाली बाहिर गइरहेको तथ्याङ्कले देखाउँछ । यसरी देशभित्रका बैङ्कमा निक्षेप घटिरहेको छ।

बजारमा मुल्यवृदिध उच्च विन्दुमा पुगेको छ । अहिले भएको चर्को ब्याजदर हेर्दा त व्यवसायीहरुले १०० मा किनेको सामान २०० मा बेच्नुपर्ने अवस्था रहेको छ । बैंकहरुप्रति उद्योग व्यवसायी जति आक्रोशित भएका छन् त्यस ति नै आक्रोश व्यापारीहरुप्रति उपभोत्ता छन् । 

गत आर्थिक बर्षको तुलनामा मुल्यवृद्धि डब्बल नै भएको छ । दैनिक उपभाग्य वस्तुको मुल्य आकाशिनु उपभोत्ताको परिस्थिति कष्टकर बनाएको छ ।गत वर्ष (२०७८ साउनमा) ४.३५ प्रतिशत रहेको मूल्य वृद्धि २०७९ साउनमा आइपुग्दा ८.२६ प्रतिशत पुगेको छ ।

 वर्ष भरीमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भएपनि साउनमै महँगीलाई लक्ष्यभित्र रोक्न राष्ट्र बैंक असफल भएको छ ।

साउनमा घ्यू तथा तेल र फलफूलको मूल्यवृद्धि १९.५८ प्रतिशत पुग्यो । दूग्ध पदार्थ तथा अण्डाको मूल्य साउनमा १०.१९ प्रतिशत बढ्यो ।

त्यस्तै २०७८ भदौमा ३.२३ प्रतिशत रहेको मूल्यवृद्धि २०७९ भदौमा ८.६४ प्रतिशत पुग्यो ।गत वर्ष अर्थात् २०७८ भदौको तुलनामा २०७९ भदौमा यातायात भाडा मात्रै ३३ प्रतिशतले बढेको छ । भान्छामा प्रयोग हुने खाद्य बस्तु फलफूल, घ्यू र तेलको मूल्य मात्रै यसवर्षको भदौमा १७.२९ प्रतिशतले बढ्यो । तरकारीको मूल्य औसतमा १०.२४ प्रतिशतले बढेको छ ।

त्यस्तै स्वास्थ्यतर्फ (परीक्षण, औषधि, उपचार)मा १०.५४ प्रतिशतले शुल्क बढेको छ । अर्थात् गत वर्षको भदौमा १ सय रुपैयाँ पर्ने औषधि अहिले ११० रुपैयाँ ५४ पैसा पर्न गएको छ ।

शिक्षातर्फ ८.११ प्रतिशतले महँगी बढेको छ । यसमा विद्यालयको भर्ना, किताब, कापी खरिद, अरु शैक्षिक सामग्रीको खरिद समावेश छ । अर्थात् गत वर्ष एक जना विद्यार्थीको दैनिक खर्च १ सय रुपैयाँ थियो भने अहिले त्यो बढेर औसतमा १०८ रुपैयाँ ११ पैसा पुगेको छ । 

घरायसी उपकरणहरु (फर्निचरका सामानहरु) मा पनि ९.२५ प्रतिशत मूल्य बढेको छ । 

यसरी उपभोक्ताहरु चौतर्फी रुपमा महँगीको सिकार भइरहेका छन् । यस्तो अवस्थामा उद्योगी व्यवसायीहरुले आफूहरु मात्रै मर्कामा परेको अभिव्यक्ति दिँदै आइरहेका छन् ।

बैंकहरुले बढाएको व्याजदरको अन्तिम बोझ उपभोत्ता माथि नै थप्पिरहेको छ।  उद्योग व्यवसायीहरु यसको अप्रत्यक्ष सिकारमात्र बनेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद